सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा नमुना मतदान सम्पन्न


ताप्लेजुङ । जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङको आयोजनामा आगामी मंसिर ४ गते हुन गई रहेको प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई लक्षित गर्दैे सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा नमुना मतदान सम्पन्न भएको छ । सिरिजङ्घाको तेल्लोक माध्यमिक विद्यालयमा भएको नमुना मतदान कार्यक्रममा ५८ जनाले मतदान गरेका थिए भने जस मध्ये प्रतिनीधि सभा प्रत्यक्षतर्फ ५६ मत सदर र २ मत बदर भएको थियो । त्यस्तै समानुपातिकतर्फ ५५ मत सदर र ३ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए । त्यस्तै प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक दुबैतर्m समान ५६÷५६ मत सदर र २÷२ मत बदर भएको जनाईएको छ ।
त्यस्तै सिदिङ्वा गाउँपालिकामा पनि नमुना मतदान सम्पन्न भएको छ । सिदिङ्वाको गाउँपालिकाको मञ्ज्याङ मा.वि.मा भएको नमुना मतदान कार्यक्रममा ४१ जनाले मतदान गरेका थिए भने जसमध्ये प्रतिनीधि सभा प्रत्यक्षतर्फ ३९ मत सदर र २ मत बदर त्यस्तै समानुपातिकतर्फ ३७ मत सदर र २ मत बदर भएको थियो । त्यस्तै गरि प्रदेशसभा प्रत्यक्षतर्फ ३५ मत सदर र २ मत बदर साथै समानुपातिकतर्फ ३७ मत सदर र २ मत बदर भएको निर्वाचन अधिकारी खनालले बताए ।
यस्तै कात्तिक १९ गते मिक्वाखोला र मेरिङदेन गाउँपालिका,२० गते फक्ताङलुङ गाउँपालिका,२१ गते मैवाखोला र आठराई त्रिबेणी गाउँपालिका,२२ गते पाथीभरा याङ्वरक गाउँपालिका र २३ गते फुङलिङ नगरपालिकामा नमूना मतदान गर्ने गरी जिल्ला निर्वाचन कार्यालयले कार्यसूची बनाएको छ।
निर्वाचन आयोगको परिपत्र अनुसार मतदाता जागरणका लागि प्रत्येक पालिकाका केन्द्रहरुमा नमूना मतदान कार्यक्रम हुने गरी कार्ययोजना रहेको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्