ओली सरकारमा ११ नयाँ मन्त्री थपिए , को-कुन मन्त्री ?

 

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा ११ जना नयाँ मन्त्री थपिएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्री थपेका हुन् । नयाँ मन्त्रीले शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्।

 

एमलेको तर्फबाट ६ जना मन्त्री बनेका छन् । एमाले सांसद प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी पर्यटन, शेरबहादुर तामाङ कानुन, जगत विश्वकर्मा युवा तथा खेलकुद, रघुवीर महासेठ भौतिक तथा पूर्वाधार मन्त्री बनेका छन्।

त्यसैगरी यसअघि वातावरण मन्त्रालय सम्हालेका लालबाबु पण्डितको मन्त्रालय परिवर्तन गरिएको छ। अब पण्डित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्। माओवादीको तर्फबाट पाँच जना मन्त्री थपिएका छन् । वर्षमान पुन ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल ‘बलदेव’ कृषि सहकारी, शक्ति बस्नेत वन, बिना मगर खानेपानी मन्त्री बनेका छन्।

ओली सरकारमा यसअघि नै एमालेको तर्फबाट थममाया थापा महिला तथा बालबालिका, लालबाबु पण्डित सामान्य प्रशासन, ईश्वर पोखरेल रक्षा मन्त्री बनिसकेका छन् । माओवादीको तर्फबाट रामबहादुर थापा बादल गृह र मातृका यादव उद्योग तथा आपूर्ति मन्त्री बनिसकेका थिए ।

एमालेबाट थप गरिएका मन्त्री तथा राज्यमन्त्री
गोकर्ण विष्ट – श्रम तथा रोजगार
प्रदीप ज्ञवाली – परराष्ट्र
शेरबहादुर तामाङ – कानुन तथा न्याय
रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात
रवीन्द्र अधिकारी – पर्यटन
लालबाबु पण्डित – संघीय मामिला तथा सामान्य प्रशासन (जिम्मेवारी हेरफेर)

राज्यमन्त्री
गोकुल बास्कोटा – सूचना तथा सञ्चार
पद्मा अर्याल – स्वास्थ
धनबहादुर बुढा –

माओवादीबाट थपिएका मन्त्री तथा राज्यमन्त्री

गिरिराजमणि पोखरेल – शिक्षा
वर्षमान पुन अनन्त – उर्जा जलस्रोत तथा सिचाइ
चक्रपाणि खनाल  बलदेव – कृषि तथा भूमिसुधार
शक्ति बस्नेत – वन तथा वातावरण
जगतबहादुर विश्वकर्मा – युवा तथा खेलकुद
विना मगर – खानेपानी 

राज्यमन्त्री
रामकुमारी चौधरी – कृषि तथा भूमिसुधार


प्रतिक्रिया दिनुहोस्